पुस्तकालयलाई ( COMPUTER )कम्प्युटर हस्तान्तरण कार्यक्रम

मिति २०७४÷०२÷१० गते बुधबारका दिन संघीय समाजवादी फोरम नेपालका सभासद् माननीय लालबाबु गदी ज्युको संसदीय कोषको रकमबाट २ थान कम्प्युटर पोखरिया सामुदायिक पुस्तकालयका अध्यक्ष श्री भरत गिरी ज्यूलाई हस्तान्तरण गरियो ।
       कम्प्युटर हस्तान्तरण गर्दै ।


यस हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य श्री हरिनारायण प्रसाद रौनियार, मोहन चौधरी ,प्रवक्ता सलाउदीन अहमद, जिल्ला अध्यक्ष विरेन्द्र यादव लगायतका व्यक्तिहरु साथै पोखरिया सामुदायिक पुस्तकालयका कोषाध्यक्ष महमद गनी अंसारी, सचिव उमेश प्रसाद चौहान, आजिवन सदस्यहरु,समाजसेवी गोवर्धन यादव, लगायतका उपस्थितिमा हस्तान्तरण कार्यक्रम समपन्न भयो । 
साथै यस्ता कार्यक्रम अझ थप हुने केन्द्रीय सदस्य श्री हरिनारायण प्रसाद रौनियार ज्यूले यस कार्यक्रममा बताउनु भयो ।

Comments

Popular posts from this blog

पोखरिया सामुदायिक पुस्तकालय को परिचय

३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठी