३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठी

उद्घाटन कार्यक्रम
 READ Nepal र पोखरिया सामुदायिक पुस्तकालय को आयोजनामा मिति 2073/04/07 गते देखि  संचालित  ३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठीमा पोखरिया सामुदायिक पुस्तकालयका पदाधिकारीहरु र यूवा समितिका सम्पुर्ण सदस्यहरुको सहभागीमा शुरु भयो  । आउने ५ वर्षमा पुस्तकालयलाई कसरी राम्रो एंवम सुव्यवस्थित बनाउने भने विषयमा विशेष छलफल भयो ।
प्रतिवेदन पेश गर्ने क्रम 


विभिन्न संघ संस्थाहरुको पदाधिकारीहरुलाई रहेको थियो । तीन दिन सम्म चलेको कार्यशाला गोष्ठीलाई प्रशिक्षकको रुपमा READ Nepal बाट आउनु भएका Lal Bahadur Bhandai हुनुहुन्थयो ।
विशेष गरी कार्यशाला गोष्ठीमा पुस्तकालयलाई कसरी बिस्तार गर्ने तथा आउने ५ वर्षमा पुस्तकालयलाई कसरी संचालन गर्ने भने कुराको विशेष छलफल भयो ।



रणनीतिक योजनाको बारेमा बताउदै L.B Bhandari Sir
 रणनीतिक योजना कसरी बनाउने ,कुन कुन पक्षलाई बढी ग्राहयता दिने भने करा भयो ।
विभिन्न संघ संस्थाबाट आउनु भएका व्यक्तिहरुको पुस्तकालय प्रती कस्तो धारणा छ भने पनि पता लगाइयो र समुदायका मानिसहरु पुस्तकालका बारेमा कस्तो सोच, धारणा राखेका छन भने छलफल भयो ।
पुस्तकालयलाई अझ विस्तृत रुपमा संचालन गर्ने र
पुस्तकालयमा नगएका व्यक्तिहरुलाई कसरी पुस्तकालय सम्म लयाउने भने बारेमा विशेष छलफल भयो ।
प्रतिवेदन बनाउदै गरेको क्रम 


रणनीतिक योजना के हो कसरी बनाउने समुदायको विचार के छ भने कुरा थाहा पाउनो लागि यो तिन दिने कार्यशाला गोष्ठी भयो ।

कार्यशाला गोष्ठीको समाप्ती पछी ग्रुप फोटोको क्रम 

Comments

Popular posts from this blog

पोखरिया सामुदायिक पुस्तकालय को परिचय

३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठी