पोखरिया सामुदायिक पुस्तकालयको सौजन्य र श्री जिल्ला उचाङ्गल रामदेव कलवार उच्च मा.वि. पोखरियाको आयोजनामा आज मिति २०७३/०२/१४ गते शुक्रवारको दिन विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो । 
विद्यार्थीगरुलाई प्रश्न सोधिदै ।
 प्रतियोगितामा कक्षा १०,९ ,८ र कक्षा ७ का छात्रछात्राहरु सहभागी  थिए । मिथिला, भोजपुरा,अवध तथा गढिमाई चार समुहमा सहभागीलाई विभाजन गरी कार्यक्रम संचालन भएको थियो । सबैभन्दा बढी १६ प्रश्नको जवाफ दिएको मिथिला समुह प्रथम, दोस्रो भोजपुरा समुह तथा तेस्रो अवध समुह भएको थियो । 
प्रश्नहरुको नम्बर दिदै ।





प्रत्येक समुहमा रहेका ५ जना छात्रछात्राहरुलाई पुरस्कारस्वरुप कापी र कलम प्र.अ.व्यास महतो , वरिष्ठ शिक्षक भरत गिरी तथा शिक्षक हरिशंकर प्रसाद यादव वितरण गर्नु भएको थियो । हाजिरी जवाफ प्रतियोगिताको लागि गणित, विज्ञान, साहित्य, इतिहास र सामान्य ज्ञान तर्फका ६० वटा प्रश्नहरु सोधिएको थियो । 
 कार्यक्रमको संचालन विद्यालयको अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक लक्ष्मण सिंह, सहयोगी मुनेश्वर साह र अनिल गिरीको अगुवाईमा गरिएको थियो ।विद्यालयका समपूर्ण शिक्षक तथा विद्यार्थीहरु सहभागी थिए ।
पुरस्कार वितरणको बेला 








मन्तव्यको क्रममा शिक्षक भरत गिरीले यस्ता कार्यक्रमबाट विद्यार्थीहरुको चौतर्फी विकास हुने बताउनु भएको थियो तथा अगामी दिनमा यस्ता कयौ कार्यक्रमहरु पुस्तकालयको आयोजनामा हुने समेत बताउनु भएको थियो ।कार्यक्रमको समापन गर्दै प्र.अ. व्यास महतोले विद्यालयबाट विद्यार्थीको शैक्षिक विकासला लागि अगामी दिनमा अझ प्रतियोगितात्मक कार्यक्रम हुने बताउनु भएक थियो । 

Comments

  1. Very good job,,,that kind of activities really engage to students on reading habit and library use

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पोखरिया सामुदायिक पुस्तकालय को परिचय

३ दिने रणनीतिक योजना कार्यशाला गोष्ठी